२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु १६ अर्ब राजश्व सङ्कलन



अ+ अ-

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी राजश्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७४ र ७५ मा सो अवधिमा रु ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो भने यसवर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले राजश्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

सङ्कलित राजश्वमा साउनमा रु दुई अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा रु तीन अर्ब सात करोड ९० लाख नौ हजार, असोजमा रु तीन अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा रु तीन अर्ब १५ करोड ८२ लाख ७० हजार र मङ्सिरमा रु तीन अर्ब १९ करोड ३९ लाख ५३ हजार रहेको छ ।

विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा रु ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र रु आठ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ ।

सो अवधिमा गएको वर्षमा रु ५२ अर्ब ४५ करोड तीन लाख सामान पैठारी र रु नौ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो ।

तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी रु १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा रु ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ ।

विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा,अलैँचि , अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन् ।

भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न मकै छन् । रासस