• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

फुटबल–पुलिस र ब्रिगेड ब्वाइजको खेल बराबरी



काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा बिग्रेड ब्वाइज र पुलिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन । यस खेलसँगै नवौँ खेल खेलेको पुलिस १५ अङ्कका साथ अङ्क तालिकाको पाचौँ स्थानमा छ भने समान खेल खेलेको ब्रिगेड ब्वाइज पाँच अङ्कका साथ एघारौं स्थानमा छ ।

खेलमा शुरुवाती अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको पाँचौं मिनेटमा ब्रिगेड ब्वाइजका ऋतिक खड्काले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । उनले विदेशी खेलाडी काजिमले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।

ब्रिगेड ब्वाइजले आफ्नो शुरुवाती १–० को अग्रतालाई कायम गर्न सकेनन् । खेलको ७५औँ मिनेटमा पुलिसका अभिषेख रिजालले एक गोल फर्काउँर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले हेम तामाङको पासमा गोल गरेका थिए ।

खेलमा पुलिसका हेम तामाङ म्यान अफ द म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । रासस