२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक पुनः स्थगित



अ+ अ-

काठमाडौं । राजधानीमा चलिरहेको नेपाली कांग्रेस महासमितिको बैठक पुनः स्थगित भएको छ ।

बुधबार केही समय बैठक बस्दा कांग्रेसको संशोधन गर्न भनिएको विधान मस्यौदा नै नपाएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए ।

महासमिति सदस्यहरुबीच मंगलबार धक्कामुक्का भएपछि बन्दसत्र स्थगित भएको थियो ।

शीर्ष नेताहरुबीच सहमति भएको भनिएको विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल आवश्यक रहेको भन्दै बन्दसत्र स्थगित गरिएको एक नेताले बताए ।

कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु भएको छ । बैठकमा महासमिति सदस्य र पर्यवेक्षक गरी करीव १ हजार ७ सय सहभागी छन् ।