२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै बिरोध प्रदर्शन



अ+ अ-

 

काठमाडौँ । आदिवासी जनजातिले आफ्ना चाडहरुमा दिइँदै आएको सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा जम्मा भएका आदिवासीले माईतिघर मन्डला घेराउ गरि प्रदर्शन गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय समुदायले बुधबार दिउँसो प्रदर्शनकारीले धर्मनिरपेक्षता कायम गर, राष्ट्रिय पर्व बिदा कायम गर, सांस्कृतिक विभेद अन्त्य गरजस्ता नारा लगाएका थिए । गुरुङ, तामाङ, शर्पा समुदायको तमु, सोनाम, ग्याल्बो ल्होछार, किरात समुदायको चासोक तङनाम, उधौली, उभौली, मगरलगायतका माघी पर्व, माघे संक्रान्तिको सार्वजनिक बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेजस्ता प्लेकार्ड, जातीय संस्थाहरुको झन्डा, व्यानरसहित कार्यक्रममा सहभागी भएका थिए ।

विरोध कार्यक्रमपछिको कोणसभामा वक्ताहरुले निर्धनिरपेक्ष मुलुकमा आफ्ना समुदायको चाडपर्वको बिदा कटौती गरेर राज्यले सांस्कृतिक विभेद गरेको आरोप लगाए । उनीहरुले सरकारले बिदा कटौतीको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।