२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीचौकी तोडफोड र हवाइफायर



अ+ अ-

विदुर ।  नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा फालहालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम
चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँंपालिका वडा नं२ का १९वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम्फालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।
नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँंदै आज दिनभरि मैलुङक्षेत्र तनावग्रस्त भएको छ । प्रहरी र स्थानीयवासीबीच दोहोरो झडपको स्थिति
थियो । स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउण्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ । झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । स्थानीयवासी र प्रहरीबीच वार्ता हँुदै गरेको बताइएको छ । रासस