• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री ★   अष्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास ★   विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: रेखा थापा ★   काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री ★   रासिद खानले बनाए विश्व कीर्तिमान ★   ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई ★   वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित ★   क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी ★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

छपाई बिग्रेका नोटहरु सटाहि हुने



काठमाडौँ । छपाइ बिग्रेका नोटहरुको सटही गरी पुन नयाँ नोट लिनको लागि राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । मेशिनरी त्रुटिका कारण छपाइ बिग्रेका नोट बजारमा भेटिन थालेपछि बिग्रेका नोटहरुको संकलनका लागि राष्ट्र बैंकले सुचना जारी गरेर फिर्ता लिन लागेको हो । बुधबार सार्वजनिक सूचना मार्फत राष्ट्र बैंकले पुर्ण मुल्य बराबरको रकमको भरपाई गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट छपाइ गरिएका नोटहरूमा छपाइ बिग्रेको वा कुनै किसिमको त्रुटि भएको पाइएमा उक्त नोटहरू सट्टा भर्ना गरिने भएकाले आफ्नो नजिकको राष्ट्र बैंकको कार्यालयमा गई सटही गर्न सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ,’राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा आफूलाई पायक पर्ने जुनसुकै राष्ट्र बैंकको साखा मार्फत छपाइ बिग्रेका नोट सटही गर्न आग्रह गरे पनि सर्वसाधारणलाई अन्य बैंक तथा वित्तीय संस्थामार्फत पनि सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।