६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा



अ+ अ-


भरतपुर । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ ।
“माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ”, नगरप्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो”, विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको रु पाँच लाख पाउनेछन् ।”

माडीमा वन्यजन्तुले वर्षेनी कृषिबालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको उहाँको भनाइ छ । यस्तै राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक ९बाबु अथवा आमा० को मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाको छ ।

पाँच खोलाबाट ढुङ्गा गिट्टी झिक्न दिने सहमति
माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच पाँच खोलाबाट नदीजन्य सामग्री ९ढुङ्गा, गिट्टी, बालुवा० प्रयोग गर्ने सहमति भएको छ । निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र नगरपालिकाबीच बुधबार भएको छलफलबाट पुस र माघ महिनामा पाँच खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने सहमति भएको हो । निकुञ्जले गोहीको प्रजनन् समय भन्दै पुस र माघ महीनामा ढुङ्गा, गिट्टी, बालुवा झिक्न रोक लगाउँदै आएको थियो ।

दुई महीनाका लागि मगुइ, चन्द्रे, बगही, चितही र पतरे खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने र त्यसको रोयल्टी नगरपालिकाले निकुञ्जलाई बुझाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी ढुङ्गा, गिट्टी प्रयोग गर्न दिने निर्णय गरिएको ढकालले बताउनुभयो ।

यस्तै रेवातिरमा घाँसेमैदान निर्माण गर्न निकुञ्ज, नगरपालिका, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक एवं विज्ञहरूसँग छलफल गरी आपसी समन्वय गरिने भएको छ । हात्ती नियन्त्रण गर्न गरिएको प्रयासलाई निकुञ्ज, उपभोक्ता समिति र नगरपालिकाको समन्वयमा प्रभावकारी रूपमा अगाडि बढाउने समेत सहमति भएको छ । रासस