४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समसामयिक नेपाली कला प्रदर्शनीमा

समसामयिक नेपाली कला प्रदर्शनीमा
अ+ अ-

काठमाडौँ । समाजमा शैक्षिक चेतनाको स्तर वृद्धि भए पनि महिला र पुरुषबीचको विभेदको अझै अन्त्य हुन सकेको छैन । शहरी क्षेत्रमा छोरीलाई पढाएर आफ्नो खुट्टामा उभिनसक्ने बनाउनुपर्छ भन्ने चेतनाको विकास भइरहँदा ग्रामीण क्षेत्रमा अझै विभेद विद्यमान नै छ ।

कलाकार शिलाशा राजभण्डारीले नेपाल कला परिषद्मा प्रदर्शनीमा राख्नुभएको लैङ्गिक असमानतासम्बन्धी पलङले अहिले निकै चर्चा पाइरहेको छ । उक्त पलङमार्फत राजभण्डारीले बाल्यावस्थादेखि महिलालाई कसरी तयार पारिन्छ भन्ने स्पष्ट पार्न खोज्नुभएको छ । प्रदर्शनीबारे उहाँ भन्नुुुहुन्छ, “विवाह पुरुषका लागि त मिलन नै होला, तर महिलाका लागि विछोड पनि हो ।” नेपाली समाजमा महिलालाई चाहेर वा नचाहेर विवाहपछि आफ्नो पहिचान नै त्याग्न बाध्य बनाइदिएको उहाँको बुझाइ छ ।

सानैदेखि केटी मान्छे अरूको घरमा गएर जीवन बिताउनुपर्छ भन्ने परिवारले बनाइदिएको मानसिकताप्रति उहाँले आपत्ति जनाउँदै महिला स्वतन्त्रता र लैङ्गिक समानतालाई आफ्नो कलामार्फत देखाउनुभएको छ । आफ्ना सबै विचारलाई कलामार्फत देखाउन खोजिएको उहाँ बताउनुहुन्छ ।

नेपालमा वैदेशिक रोजगारीका क्रममा थुप्रै नेपाली कामदार ठगिइरहेको अवस्था छ । सोही विषयमा कतारमा गई अध्ययन गरी कलाकार मेख लिम्बूले बनाउनुभएको भिडियोको चर्चा पनि उत्तिकै छ । ‘साइलेन्ट पोट्रेड’ को नामबाट लिम्बूले तयार पार्नुभएको उक्त भिडियोमा वैदेशिक रोजगारीमा गएर विदेशमा नै बसिरहेका कामदारबारे चित्रण गर्न खोज्नुभएकोे छ । उहाँ भन्नुहुन्छ, “नेपालबाट वैदेशिक रोजगारका क्रममा जाँदा एजेण्टमार्फत थुप्रै कामदार ठगिइरहेको स्थिति छ, तर पनि उनीहरूले आफ्ना अधिकारका लागि बलियो आवाज उठाउन सकिरहेका छैनन् ।” आफन्तमार्फत नेपाली कामदार ठगिन पुगेको तीतो यथार्थ उहाँले प्रस्तुत गर्नुभएको छ । उक्त भिडियो सन् २०१२ देखि बनाउन शुरु गरेको उहाँले बताउनुभयो ।

नेपाली कलाले विश्वमा चर्चा बटुल्न थालेसँगै सन् २०१२ मा कला परिषद्मा डिना वाङ्देल सदस्य रहँदा युरोपको अष्ट्रियामा रहेको भियनास्थित वेल्ट सङ्ग्रहालयका प्रमुख क्रिश्चियन सिकलग्लुबरबीच नेपालको सङ्ग्रहालयमा नेपाली मौलिक चित्रकला प्रदर्शनी गर्ने निर्णय भएको थियो । वाङ्देलको मृत्युपछि उक्त निर्णय केही समयसम्म कार्यान्वयनमा आउन सकेको थिएन् । पछि नेपालका लागि परिषद्की स्वस्ती राजभण्डारीको नेतृत्वमा उक्त प्रदर्शनी गर्ने निर्णय भएको थियो ।

वेल्ट सङ्ग्रहालयको आयोजनामा भएको यस प्रदर्शनीमा ८० कलाकारमध्ये ३७ कलाकारले तयार पारेको कला मात्र छनोट गरिएको राजभण्डारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अन्तर्राष्ट्रियस्तरमा गरिने प्रदर्शनी स्वदेशमा गर्नेजस्तो सहज हुँदैन, त्यसैले हामीले २०१७ देखि नै तीव्ररूपमा तयारी शुरु ग¥यौँ ।” प्रदर्शनीमा आधुनिक कला भनिए पनि नयाँ कलाकारले आधुनिकतासँगै नेपालको परम्परालाई पनि नभुलेको उहाँले बताउनुभयो । उहाँ थप्नुहुन्छ, “नेपाली कलाकारको कला विश्वका कुनै पनि कलाकारको भन्दा कम छैन ।”

हाल भइरहेको कला प्रदर्शनी शुक्रबार समापन हुनेछ भने २०१९ को अप्रिल महीनाबाट भियनाको सङ्ग्रहालयमा प्रदर्शनीका लागि जानेछ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनी हो । हाल कला परिषद्मा नेपालका ३७ कलाकारले बनाएको चित्रकला, वास्तुकला तथा भिडियोग्राफी गरी ९० कला प्रदर्शनीमा छन् । नेपालका पुराना चित्रकार लैनसिँह वाङ्देल, मनोजबाबु मिश्र र शशि शाहका चित्रकला पनि प्रदर्शनीमा राखिएको छ । परिषद्को तथ्याङ्कअनुसार हाल दैनिक १५० भन्दा बढीले प्रदर्शनीको अवलोकन गरिरहेका छन् । रासस