२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलहरले मधेशको जनजीवन कष्टकर



अ+ अ-

सिरहा । मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ ।

खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताउनुभयो । कपडा पसलमा न्यानो कपडा किन्नेको भीड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिइ मौकाको फाइदा उठाउने गरेका छन् ।

अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा सुनील कुशवाहाले बताउनुभयो । सरकारी अस्पतालमा बिरामीको उपचारमा बढी समय लाग्ने भएकाले निजी अस्पताल, क्लिनिकमा बिरामी जाने गरेका छन् । चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थी विगतको तुलनामा घटेका छन् ।

बिहानै खुल्ने व्यापारिक पसल र बजार पनि ढिलो खोलिने गरेको छ । साँझपख पनि चिसो झनै बढ्दा गर्दा बजार साँझदेखि नै सुनसान हुने लहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकलाल अमात्यले बताउनुभयो ।

कुहिरो र चिसोले जनजीवन कष्टकर बनाउने गरेको छ । पूर्वी तथा मध्य मधेशका जिल्लामा दुई दिनदेखि चलेको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरिजसो कुहिरो लाग्नाले एक्कासि बढेको चिसोले सिरहालगायत प्रदेश नं १ को गाईघाट, झापा, मोरङ, विराटनगर र प्रदेश नं २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लामो चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ ।

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालक हेडलाइट बाल्न बाध्य छन् । आज बिहान लहानको तापक्रम ११ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी महसुस हुने गरेको छ । रासस