२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पुस २५ देखि



अ+ अ-


काठमाडौँ । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ ।

आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो ।

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितामा छदेखि आठ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीको नामावली केहीदिनभित्रै सार्वजनिक गर्ने क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख र उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच÷पाँच हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने उपत्यका बाहिरका टोलीलाई खान, बस्न र यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको कूल बजेट करीब २३ लाख रहेको छ । रासस