४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी खुला चौरमा पढ्न बाध्य



अ+ अ-

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।

सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयसँग भवनसँगै बस्ने बेञ्च, डेक्सको पनि अभाव रहेको विद्यालयले जनाएको छ ।

चिसोको समय पनि चौरमा पढ्नुपर्ने समस्याका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चार वटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताउनुभयो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी हाल भारतमा नोकरी गर्न गएका छन् ।

कामदारदेखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन ।

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको स्थानीय पारस रावलले जानकारी दिनुभयो । भवन सञ्चालन गर्र्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको अभिभावकहरुले आरोप लगाएका छन् ।

भवन निर्माणपछि हस्तान्तरण नहुँदा विद्यार्थी मारमा परेका छन् । भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूले कसैले खबर नगरेको बताउनुभयो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रु ३६ लाखमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले रु १२ लाख रकम निकासा भएको नगरपालिकाले जनाएको छ । निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाइ छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उहाँको दाबी रहेको छ । रासस