२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाः बजेट स्वीकृत, तर मेक्सिको पर्खालको बजेट पारित भएन



अ+ अ-


वासिङटन । संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई भने समेटिएको छैन ।

सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो । बजेट स्वीकृत भएसँगै सङ्घीय सरकारी कार्यालयहरु बन्द हुने परिस्थितिबाट जोगिएका छन् ।

यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ, र यसमा दुबै पार्टी रिपब्लीकन र डेमोक्रेटबीच सहमति भएको छ । दुबै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुहुनेछ ।

रिपब्लीकन र डेमोक्राटिक पार्टीका नेताहरुले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणका बारेमा अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो ।

“सिनेटमा हाम्रा रिपब्लीकन साथीहरुले बेलैमा सही निर्णय गर्नु भएको छ, र सङ्घीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसदका दुबै सदनबाट यो बिधेयक पारित हुने कुनै सम्भावना नै थिएन, र आमजनता पनि यसको विपक्षमा छन्,” सिनेटमा डेमाक्राटिक पार्टीका नेता चक सुमरले बताउनुभयो ।

ह्वाइट हाउसका सहयोगीहरुले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् ।

तर राष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रुपमा लिइएको छ, किनभने उहाँले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ । रासस