४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

बाह्र दशमलव दुई किलोमिटर पाइप ओछ्याउन बाँकी

बाह्र दशमलव दुई किलोमिटर पाइप ओछ्याउन बाँकी
अ+ अ-

वीरगञ्ज । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।

“तीव्र गतिमा बाँकी काम भइरहेको छ”, परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले राससलाई भन्नुभयो, “बाधा अवरोध नभए भारत विहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत तीन महीनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ ।”

परियोजनाअन्तर्गत बाराको जीतपुर बजारदेखि उत्तरतर्फको क्षेत्रमा केही औद्योगिक प्रतिष्ठानले सडक छेउमै ब्लक निर्माण गरेका छन् । सडक विभागले ६ लेनको सडक विस्तार गरिरहेकाले सो ब्लक हटाउने काम तीव्र गतिमा भइरहेको छ । नेपालतर्फ पाइप ओछ्याउन बाँकी रहेको भूभागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा नौ किलोमिटर बाँकी रहेको छ भने वीरगञ्जको रजत जयन्ती चौक, गण्डक चौक बाइपास क्षेत्रमा पाइप क्रसिङकोे काम सम्पन्न भएको छ । यसैगरी गण्डक क्षेत्रको उत्तरतर्फ ४६८ मिटर क्षेत्रमा ड्रिलिङ गरी पाइप ओछ्याइएको छ ।

उता भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३ दशमलव सात किलोमिटर भूभागमध्ये ३० किलोमिटर क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ । भारततर्फ तीव्र गतिमा काम भइरहेकाले बाधा अवरोध नआए चाँडै नै बाँकी क्षेत्रमा समेत काम सम्पन्न गरिने भारतीय आयल कर्पोरेशन रक्सौलले जनाएको छ ।

नेपालको ‘लाइफलाइन’का रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको थियो ।

पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुञ्जभित्रका ६ हजार हरिया रूख काटिएपछि त्यस क्षेत्रमा पनि जमीनमुनि पाइप ओछ्याउने काम शुरु हुने कार्यालयले जनाएको छ । “नेपालतर्फ जमीनमुनि ओछ्याइएको पाइपको रेडियोग्राफी र हाइड्रो परीक्षण गरिनेछ । परीक्षणपछि पाइपमा १५ हजार भोल्टेज भएको विद्युत् प्रवाह गरी पाइपलाई दिनभरि जाँच गरिनेछ” इञ्जिनीयर पौड्यालले राससलाई भन्नुभयो, “जमीनमुनि ओछ्याइएको पाइपमा खराबी देखिए उपकरणको माध्यमबाट थाहा पाउन सकिन्छ ।”

यस्तै पाइपमा कहीँकतै खराबी देखिए सो पत्ता लगाउन पाइपसँगै अप्टिकल फाइबर जडानको कामसँगसँगै भइरहेको बताइएको छ । पाइप विछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलोलिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलोलिटर क्षमता भएको दुई वटा गरी चार वटा ट्याङ्करको मर्मतसम्भार द्रुत गतिमा भइरहेको छ । एउटा ट्याङ्कर तयार भइसकेको छ ।

पाइपलाइन निर्माण सम्पन्न भएपछि भारत विहारको राजधानी पटनाबाट प्रतिघण्टा २५० किलोलिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिनेछ । पहिलो चरणमा परीक्षणका रूपमा डिजेल आउने बताइएको छ । जमीनबाट साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने सडक जामको समस्या हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास लिइएको छ । रासस