२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा घातरोगको जोखिम बढ्दै



अ+ अ-

काठमाडौँ । घातरोग स्ट्रोकका कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन-अनुसन्धान भएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ ।

यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पुर्याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना चिकित्सकको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी चिकित्सकलाई घातरोगको व्यवस्थापन र उपचार विधिमाथि विज्ञ चिकित्सकले प्रशिक्षण दिनुभएको उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी निर्देशक डा मधु देवकोटाले जानकारी दिनुभयो ।

घातरोगका प्राध्यापक डा जेपी अग्रवालले शहरी क्षेत्रका समिति घातरोग उपचारको पहुँचलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न चुनौती रहेको सन्दर्भमा तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । घातरोगका बारेमा जनचेतना कार्यक्रम आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

एशोसिएशनका अध्यक्ष प्रा डा लेखजङ्ग थापाले घातरोगको असर तत्काल देखिने हुँदा तत्काल दक्ष उपचारको आवश्यकता रहेको चर्चा गर्दै चिकित्सा क्षेत्रमा देखिएका नवीनतम् ज्ञान दिन तालीमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । विश्वमा कूल मृत्युमध्ये ८६ प्रतिशत यही रोगका कारण मृत्यु हुने सो अवसरमा जानकारी दिइयो । रासस