४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

नेपालमा घातरोगको जोखिम बढ्दै

नेपालमा घातरोगको जोखिम बढ्दै
अ+ अ-

काठमाडौँ । घातरोग स्ट्रोकका कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन-अनुसन्धान भएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ ।

यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पुर्याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना चिकित्सकको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी चिकित्सकलाई घातरोगको व्यवस्थापन र उपचार विधिमाथि विज्ञ चिकित्सकले प्रशिक्षण दिनुभएको उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी निर्देशक डा मधु देवकोटाले जानकारी दिनुभयो ।

घातरोगका प्राध्यापक डा जेपी अग्रवालले शहरी क्षेत्रका समिति घातरोग उपचारको पहुँचलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न चुनौती रहेको सन्दर्भमा तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । घातरोगका बारेमा जनचेतना कार्यक्रम आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

एशोसिएशनका अध्यक्ष प्रा डा लेखजङ्ग थापाले घातरोगको असर तत्काल देखिने हुँदा तत्काल दक्ष उपचारको आवश्यकता रहेको चर्चा गर्दै चिकित्सा क्षेत्रमा देखिएका नवीनतम् ज्ञान दिन तालीमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । विश्वमा कूल मृत्युमध्ये ८६ प्रतिशत यही रोगका कारण मृत्यु हुने सो अवसरमा जानकारी दिइयो । रासस