४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

लघुजलविद्युत् फेरीयो स्थानीयवासीको दैनिकी

लघुजलविद्युत् फेरीयो स्थानीयवासीको दैनिकी
अ+ अ-

बेझाड । पाल्पा निस्दी गाउँपालिका-५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासी घरघरमा आयोजनामार्फत बिजुली बत्ती उपभोग गर्न पाउँदा दङ्ग छन् ।

दुर्गम क्षेत्र मानिएको ढुङ्गानाबेँसीमा सबैका घरमा उज्यालो बत्ती बलेपछि गाउँ नै झिलिमिली बनेको छ । आयोजनाबाट विद्युत् सेवा पुगेपछि टिभी हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, रेडियो बजाउन, लेखपढ गर्न सजिलो भएको छ । विद्युत् लाइनकै कारण यहाँका स्थानीयवासीको जनजीवनमा परिवर्तन आएको स्थानीयवासी लालबहादुर ढेँगाले बताउनुभयो । “शहर बजारदेखि टाढा रहेको र यहाँको विकासमा कसैको ध्यान नजाँदा स्थानीयवासीले सधैँ अन्धकारमा जीवन बिताउन बाध्य थिए, अहिले स्थानीयवासीकै सक्रियता र जनश्रमदानमा आयोजना निर्माण गरी सञ्चालनमा आएपछि गाउँको मुहार नै परिवर्तन भएको छ,” उहाँले भन्नुभयो ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु १७ लाख ५० हजार, १३३ घरधुरीबाट प्रतिघरधुरी रु पाँच हजारका दरले छ लाख ६५ हजार, साविक गल्धा गाविसबाट दुई लाख ३५ हजार, गाबुखोला सोसाइटी समूहमार्फत एक लाख, बूढीकोट सामुदायिक वन समूहबाट २५ हजार, साविक जिविस पाल्पाबाट एक लाख ४० हजार सहयोग प्राप्त भएको आयोजनाका सचिव चन्द्रबहादुर ढेँगाले बताउनुभयो ।

सचिव ढेँगाका अनुसार कृषि विकास बैंक शाखा रामपुरमार्फत सात लाख ५० हजार ऋण सहयोग, स्थानीय समूह गाबुखोला सोसाइटी समूहमार्फत तीन लाख ऋण सहयोग र स्थानीयवासीको दश लाख बराबरको जनश्रमदान गरी करीब ५० लाखको लागतमा आयोजना सम्पन्न भई हाल सञ्चालनमा छ । २०६६ बाट शुरु भएको आयोजनाबाट हाल १६५ घरधुरीका करीब ८०० जनसङ्ख्या लाभान्वित बनेको आयोजनाका अध्यक्ष घनबहादुर खण्डलुकले बताउनुभयो । बस्तीदेखि करीब एक हजार ६०० मिटर टाढा रहेको निस्दी खोलाको घ्याङ्गसिङ्घारी ठाउँबाट बाँध बाँधेर आयोजना निर्माण गरिएको हो । दैनिक बिहान ७ देखि १० बजेसम्म तीन घण्टा विद्युत् लाइन बन्द हुने र अरू समय नियमित सञ्चालन भइरहेको छ ।

आयोजना सञ्चालनका लागि दुई जना अपरेटर र एक जना सहयोगीको व्यवस्था गरिएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नपुगेको यस क्षेत्रमा स्थानीयवासीको अथक प्रयास र जनश्रमदानमा आयोजना गाउँमा सञ्चालन भएपछि ठूलो राहत मिलेको छ । अहिले धान, मकै, गहुँ, कोदो कुटानी–पिसानीका लागि आधुनिक मिल पनि सञ्चालनमा आएको छ । आयोजना सञ्चालन नहुँदासम्म यहाँका स्थानीयवासी सधैँ ढिकीजाँतोमा धान, गहुँ, मकै, कोदो कुटानी–पिसानी गरेर साँझ–बिहानको छाक टार्न बाध्य थिए । आयोजना सञ्चालनमा आएदेखि खाना पकाउन, फ्रिज चलाउन, टिभी हेर्न, छोराछोरीलाई उज्यालोमा राखेर पढाउन सजिलो भएको आयोजनाका कोषाध्यक्ष सम्झना गैरेले बताउनुभयो ।

“बिजुली नहुँदा रातभरि ढिकीजाँतो गर्नुपथ्र्यो, महँगो मूल्यमा मट्टीतेल किनेर टुकीको भरमा जीवन बिताउनुपर्ने अवस्था थियो, अहिले गाउँभरि नै सबैका घरमा उज्यालो बत्ती बलेको देख्दा आनन्द लागेको छ,” उहाँले भन्नुभयो । कुटानीपिसानीका लागि मिल सञ्चालनमा आएपछि गाउँका महिलालाई ठूलो राहत पुगेको उहाँको भनाइ छ । “टुकीमा बसेर पढ्दा निकै समस्या हुन्थ्यो, कहिलेकाहीँ बजारमा मट्टीतेल अभाव हुँदा लेखपढ गर्नै पाइँदैनथ्यो, अहिले त रातभरि उज्यालोमा बसेर पढ्न पाइन्छ,” विद्यार्थी विशाल खण्डलुकले भन्नुभयो ।

लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि साविक गल्धा गाविसका विद्यार्थीलाई लक्षित गरी माध्यमिक तह र उच्च शिक्षाको वार्षिक परीक्षा पनि गाउँमै सञ्चालन हुँदै आइरहेको छ । यहाँ विद्युत् अभावकै कारण माध्यमिक तह तथा उच्च शिक्षाको वार्षिक परीक्षा दिन रामपुरमा जानुपर्ने बाध्यता थियो । अहिले यो समस्याबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । विद्युत्कै कारण ढुङ्गानाबेँसी बजारमा पसल, व्यवसाय खुल्ने क्रम बढ्दो छ । रासस