२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा



अ+ अ-

काठमाडौँ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।

सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज कार्ड दिइने छ भने प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिर्चाज कार्ड दिइने व्यवस्था रहेको प्रमुख गिरीले बताउनुभयो ।

वडाका एक स्वयंसेविकाको संयोजकमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमको बारेका सोही फोनबाट जानकारी दिनुपर्ने छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिन पर्ने भएकाले उनीहरुलाई थप सुुविधा होस् भनेर यस खालको कार्यक्रम ल्याइएको हो ।
यस खालको सञ्चार सुविधाबाट सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने वडा नं ९ का स्वास्थ्य स्वयंसेविका लक्ष्मी अधिकारीले बताउनुभयो । रासस