२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाजिलका कर्मचारीलाई व्यवस्थापन गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत फाजिलमा रहेका वरिष्ठ कर्मचारीलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।

दशौ तहका मात्र करीब ४० कर्मचारी फाजिलमा रहेका बताइन्छ । सङ्घका अध्यक्ष श्रीकृष्ण भट्टले आज सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेट गरी प्रदेशअन्तर्गत स्वास्थ्य सेवा विभाग गठन गर्न र स्थानीय निकायअन्तर्गतका स्वास्थ्य शाखालाई समक्ष बनाउन मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभयो ।

सङ्घले पाँचबुँदे ज्ञापनपत्र सचिव अधिकारीलाई बुझाउँदै जनस्वास्थ्यकर्मीका योग्यता र दक्षताअनुसारको पद मिलान गर्न आग्रहसमेत गरेको छ । सो अवसरमा सचिव अधिकारीले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन आफूले प्राथमिकता दिएको बताउनुभयो । रासस