२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाजिलका कर्मचारीलाई व्यवस्थापन गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत फाजिलमा रहेका वरिष्ठ कर्मचारीलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।

दशौ तहका मात्र करीब ४० कर्मचारी फाजिलमा रहेका बताइन्छ । सङ्घका अध्यक्ष श्रीकृष्ण भट्टले आज सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेट गरी प्रदेशअन्तर्गत स्वास्थ्य सेवा विभाग गठन गर्न र स्थानीय निकायअन्तर्गतका स्वास्थ्य शाखालाई समक्ष बनाउन मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभयो ।

सङ्घले पाँचबुँदे ज्ञापनपत्र सचिव अधिकारीलाई बुझाउँदै जनस्वास्थ्यकर्मीका योग्यता र दक्षताअनुसारको पद मिलान गर्न आग्रहसमेत गरेको छ । सो अवसरमा सचिव अधिकारीले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन आफूले प्राथमिकता दिएको बताउनुभयो । रासस