२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी, ३४ जनाले आफ्नो विचार राखे



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।

गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः३० बजे आरम्भ भई ११ः१५ बजेसम्म सञ्चालन भएको थियो । आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म कूल ३४ जनाले आफ्नो विचार राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको छ । बैठक शुक्रबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौँमा शुरु हुने गरी स्थगित भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस