२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएल–भैरहवा उपाधि नजिक



अ+ अ-

काठमाडौँ । भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १०१ रनको विजय लक्ष्यलाई भैरहवाले १७ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । भैरहवाको जीतमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रबी इन्द्रर सिंहले ३१, रोहितकुमार पौडेल नौ तथा कप्तान शरद भेषावकरले अविजित ६ रन जोडे ।

काठमाडौँका संसद् शेखले दुई विकेट लिए भने प्रदीप साहुले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय रनको योगफल बनाएको थियो ।

काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे भने प्रदीप साहुले २५ तथा अमित श्रेष्ठले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाडौँलाई एक सय रनमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन विकेट लिए भने मोहमद नाभिदले दुई विकेट झारे । जीतसँगै भैरहवाले यही पुस ७ गते शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ ।