२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएमसीले हात निकाले पनि घाटा हुदैन: बिना मगर



अ+ अ-

काठमाडौँ । मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाले काम छाडे पनि सरकारले भने मेलम्ची खानेपानी आयोजना समयमै सक्काउने  दाबि गरेको छ। वित्तीय रूपमा सिएमसी कमजोर भएको भन्दै आयोजनाबाट हात निकालन लागेपछि मन्त्रालयल आफ्नो बचाउँमा जुटेको हो ।

मन्त्रालयल यदि सिएमसीले काम छोडे पनि आफूहरूलाई आर्थिक क्षति नहुने दाबी गरेको छ। खानेपानी मन्त्री बिना मगरले मेलम्चीको विषयमा सिएमसिसँग वार्ता जारी रहेको भन्दै आयोजनाको काम सम्पन्न गर्न विभिन्न विकल्पहरुमा छलफल भइरहेको जानकारी गराइन्।

काम गर्न नसक्ने अवस्था आए पनि सिएमसीको ३ अर्ब ५० करोड छ, अब लाग्ने लागत २ अर्ब ६० करोड मात्रै भएकाले फाईदा हुने मगरले जानकारी दिएकि हुन् ।नयाँ निमार्ण कम्पनिसँग फेरि सम्झौता गर्दा ढिलाई हुने भएकाले सिएमसीको रकम रोक्का गर्न आफूहरूले पत्राचार गरिसकेको जानकारी गराइन्।

खानेपानी आयोजनाको सुरुङको फिनिसिङलगायतका केही काम मात्र बाँकी भएको अवस्थामा आफूले काम गर्न नसक्ने बताउँदै सिएमसी कम्पनीले हात झिक्न खोजेको हो । सिएमसीले आफूलाई झण्डै एक अर्ब रुपैयाँ घाटा भएको भन्दै समयमै क्षतिपूर्ति रकम पाए मात्र काम गर्ने जनाएको छ।