२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु



अ+ अ-


अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी ९एएलपी० कमाण्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताउनुभयो । विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेका थिए ।

जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको त्यस आक्रमणबाट प्रहरीका धेरैवटा सवारी साधनमा समेत क्षति पुगेको छ । उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो ।

प्रहरीको जवाफी फायरिङबाट विद्रोही लडाकूहरु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट अमेरिकाआवद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ । युद्धबाट अफगान सैनिक हताहत हुनेक्रम बढेको छ ।

अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीहरुलाई वार्तामा ल्याउन प्रयास थालिएका छन् । रासस