४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि

क्षमताअनुसार उत्पादन हुदैन पनौती विद्युत् केन्द्रबाट

क्षमताअनुसार उत्पादन हुदैन पनौती विद्युत् केन्द्रबाट
अ+ अ-


बनेपा । देशको नै तेस्रो पुरानो काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत् उत्पादन केन्द्र पानीको अभावमा उत्पादन क्षमता भए पनि भने जति विद्युत् उत्पादन गर्न सकिएको छैन ।

विसं २०१६ मा सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन शुरु गरेर २०२२ सालबाट विद्युत् उत्पादन गर्दै आएको सो जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्दै आएको ५३ वर्ष भइसकेको छ । दुई हजार ४०० किलोवाटको क्षमता रहेको सो केन्द्रमा तीन वटा युनिटका मेशिन रहेका छन् ।

सो विद्युत् केन्द्रको एउटा मेशिन चल्दा ८०० किलोवाट विद्युत् उत्पादन हुने गर्दछ । पानीको अभावमा अहिले एउटा मेशिनबाट ७५० किलोवाट मात्रै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

एउटा तयारी अवस्थामा राखेर दुई वटा मेशिन निरन्तर चलाउने गरी तयार पारिएको सो विद्युत् गृहमा अहिले एउटा मात्रै मेशिन चल्छ । पानीको प्रवाह कम भएका कारण आवश्यक परेको बेलामा अन्य मेशिन पनि केही समयका लागि चलाउने र अरू बेला एउटा मात्रै मेशिन चल्ने गरेको कर्मचारीहरु बताउँछन् ।

केन्द्रका प्रमुख शिवकुमार थापाका अनुसार भएको पानीको स्रोत खोपासी आसपासका करीब नौ÷दश हजार रोपनी खेतमा आलु खेती गर्न सिँचाइका लागि पानी लाने गरिएको छ । खोलाको मुहान आसपासमा ढुङ्गा तथा क्रसर खानी सञ्चालन गरेर खोलामा लेदो मिसाएको कारण पानी धमिलो हुने गरेकाले पानी कम हुँदै गएको बताउनुभयो ।

भएको पानी पनि किसानहरुले सिँचाइमा प्रयोग गर्ने गरेकाले त्यसबाट बचेको पानीले विद्युत् उत्पादन गर्दै आएको थियो । त्यसमा पनि हिउँदमा पानीको प्रवाह कम भएकाले विद्युत् उत्पादन कम हुने गरेको थियो ।

पछिल्लो समयमा पानीको मुहानमा खानीबाट निस्केको माटो सिधै मिसाएको कारण त्यही पानी बगेर आउने भएकाले पोखरी र कुलो एक वर्षमा नै भरिने गरेको कार्यालयका प्रमुख थापाले बताउनुभयो ।

“खानीले त्यसरी जथाभावी खोलामा माटो फालेका कारण समस्या भइरहेको छ, माटो चिम्टाइलो भएका कारण बग्दै नबग्ने टाँसेर बसेका कारण पोखरी र कुलोको क्षमता घट्दै गएको छ,” थापाले भन्नुभयो, “पहिला चार÷पाँच वर्षमा सफा गरे पनि पुग्ने पोखरी अहिले त खानीले माटो खोलामा मिसाएको कारण वर्षैपिच्छे सफा नगरी सुख्खै छैन ।”

त्यससँगै विद्युत् गृहमाथिल्लो भेगतिर बस्नेहरुले फोहर जति सबै खोलामा हालिदिने गरेका कारण पोखरीमा सबै फोहरको डङ्गुरले भरिँदै गएको छ । यहाँ उत्पादन गरिएका बिजुली २० किलोमिटर टाढा रहेको भक्तपुरको प्रशारण लाइनमा लगेर जोडिन्छ र त्यहाँको सब–स्टेशनबाट अरू ठाउँमा बाँड्ने गरिएको छ ।

पानी अभावले गर्दा बर्खामा दुई वटा मेशिन निरन्तर चल्ने र हिउँदमा एउटा मात्रै मेशिन चल्ने गरेको उहाँले बताउनुभयो । अहिले सो केन्द्र सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले प्रयोगमा ल्याएको प्रविधिमध्येको नयाँ प्रविधिको मेशिन जडान गरी उत्पादन दिन थालेको छ ।

उक्त मेशिनमा आवश्यकताका आधारमा स्वचालित ढङ्गले बन्द हुने र खोल्ने प्रविधि जडान गरिएको छ । “पहिला भल्व खोल्नलाई चार जना मान्छे लाग्थ्यो, अहिले स्वतः सञ्चालन हुन्छ र अटोमेटिक शटडाउन हुन्छ,” उहाँले भन्नुभयो, “मेशिन नयाँ भएकाले विद्युत् भार सन्तुलन आफैँ हुन्छ, पहिला त उत्पादन नभएर जेनेरेटर नै जलेको थियो ।”

कर्मचारीले भएको भौतिक संरचना संरक्षण गर्नका लागि पहल गरिरहेको भए पनि बेलाबेलामा अलिअलि सिमाना विवाद लगायतका समस्याले सताइरहेको प्रमुख थापाले बताउनुभयो । त्यससँगै पुरानो प्रविधिको केन्द्र भएकाले पुरानो उपकरणहरु नपाइने गरेकाले भनेको बेलामा आवश्यक परेको मेशिन किन्न नपाइने अवस्था रहेको छ । त्यसरी सञ्चालन भइरहेको केन्द्र अहिले काठमाडौँ विश्वविद्यालय र नेपाल विद्युत् प्राधिकरण बीचमा चार महीनाअगाडि विद्यार्थीलाई त्यहाँ अध्ययन गर्ने केन्द्र बनाउन दुई निकायबीच सम्झौता भएको छ ।

सो अनुसार त्यहाँका विद्यार्थीलाई अध्ययन गर्न आउने बेलामा देखाउनका लागि सहज वातारण बनाउनुपर्छ । “अरू विश्वविद्यालयबाट विद्यार्थी आउँदा कलेजबाट चिट्ठी ल्याउनुपर्छ, काठमाडौँ विश्वविद्यालयबाट आउँदा चाहिँ चिठ्ठी पर्दैन, आएर अध्ययन गर्न र हेर्ने काममा सिधै प्रवेश गर्न पाइन्छ”, कार्यालय प्रमुख थापाले भन्नुभयो । सो सम्झौता १० वर्षका लागि गरिएको जनाएको छ ।

केन्द्रको जग्गा २०६ रोपनी रहेको सो केन्द्र माथिबाट पठाएको बजेटबाट भएको भौतिक संरचनाको मर्मतसम्भार गरिरहेको छ । स्थापनाको बेलामा तालीम केन्द्रका रुपमा ट्रान्सफर्मरहरु र लाइन मर्मत गर्नका लागि तालीम केन्द्र नै निर्माण गरेको भए पनि पछिल्लो समयमा भक्तपुरको खरिपाटीमा ठूलो तालीम केन्द्र स्थापना भएपछि यहाँका तालीम केन्द्र विस्थापित भइसकेको छ । केन्द्रमा हाल २५ जना कर्मचारी कार्यरत छन् । रासस