२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा चितवनमा



अ+ अ-

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण हुनुभएको हो । 

केही बेरमा उहाँ कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नुहुनेछ । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उहाँ फर्कनुहुने छ । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ । रासस