३० असार २०८३, मंगलवार
,
Latest
लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स कतार भ्रमणअघि उपराष्ट्रपति यादवले राष्ट्रपतिसँग गरे भेट विद्युतीय राहदानी खरिद प्रकरणः अदालतमा विचाराधीन मुद्दामा संसदीय समितिमा बहस सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद… सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर… नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच सरकारले करार र ज्यालादारी कर्मचारीले हटाउने काम नगरोस्ः आरेन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर प्याट्रिअट्सले जित्यो ईपीएल उपाधि



अ+ अ-

काठमाडौं । यस सिजनकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रिअटसले  जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा शनिबार भएको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेकाे हाे । जितसँगै ललितपुरले २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो । रवि इन्दर सिंह र शरद भेषवाकरको विकेट खेलको टर्निङ प्वाइन्ट बनेकाे थियाे ।  १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो ।

तर, १६ औं ओभरको पहिलो बलमै पवन शराफले रवि इन्दरको विकेट लिएका थिए भने अर्को ओभरमा ललित राजवंशीले भैरहवाका कप्तान शरदको विकेट लिएपछि खेल ललितपुरको पक्षमा गयो ।

लगातार दबाबमा परेको भैरहवालाई अन्तिम ओभरमा गर या मरकाे स्थिति बनेकाे थियाे । उसलाइ १७ रन चाहिएको थियो तर, दुई खेलाडी रनआउट सहित तीन विकेट गुमेकाे थियाे ।

भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए ।

ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २-२ विकेट लिए ।

यसअघि ललितपुरले सबै विकेट गुमाएर १५५ रनकाे सम्मानजनक स्काेर बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो । जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । गौरभ २३ रन बनाएर आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । तर, कोल्सवाला र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे ।

५२ बलको सामना गरेका कोल्सवालाले तीन चौका र तीन छक्काको मदतमा ५७ रन बनाए भने आक्रमक पारी खेलेका जोराले ११ बलमा २४ रन जोडे । यद्यपि ललितपुरले अन्तिम तीन ओभरमा लगातार विकेट गुमाएको थियो । १२ रन जोड्दा ५ विकेट गुमाएर अलआउट भयो ।

भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए ।