४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण

उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण
अ+ अ-

तुलसीपुर । सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट समेत पारित गरेको छ ।

नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई सुनिश्चित गर्दै उपमहानगरपालिकालाई ‘स्मार्ट हेल्थ सिटी’को रुपमा रुपान्तरण गर्ने लक्ष्यसहित आफ्नै स्वास्थ्य नीति पहिलोपटक निर्माण गरेको स्वास्थ्य शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो ।

स्वास्थ्य नीतिअनुरुप उपमहानगरपालिकाले सबै नागरिकलाई वर्षमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्ने, स्माट हेल्थ कार्ड वितरण गर्ने, सुर्ती तथा सुर्तीजन्य पदार्थको बेचबिखन न्यूनीकरण गरी क्रमिक रुपले तुलसीपुर उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थमुक्त नगर घोषणा गर्ने रहेको छ ।

त्यसैगरी स्वास्थ्य शाखाले नसर्ने रोगको नियन्त्रण गर्न व्यक्तिगत जीवनशैलीमा परिवर्तन गर्नलाई विद्यालयस्तरदेखि विशेष कार्यक्रम ल्याउने, मानसिक स्वास्थ्य समस्या रोकथाम गर्न हरेक स्वास्थ्य संस्थामा मनोविमर्श एकाइ स्थापना गर्ने नीति अगाडि सारेको डा दाहालले राससलाई बताउनुभयो ।

उपमहानगरपालिकाले १५ श्याको अस्पताल स्थापना गरी उपमहानगरको स्वामित्वमा सञ्चालन गर्ने, यस क्षेत्रमा दर्ता नभई सञ्चालन भएका अस्पताललाई दर्ता उपमहानगरपालिकामा गराउने र सञ्चालनको अनुमति दिने नीति पनि अगाडि सारकोे छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालन भएका एम्बुलेन्स दर्ता र जिपिएस प्रणालीमार्फत नियन्त्रण र निगरानीमा राख्ने बताएको छ । स्वास्थ्य नीतिअनुरुप आयुर्वेदलगायतका परम्परागत चिकित्साको विकाश गर्न नेपाल संस्कृत विश्वविद्यालयसँग हातेमालो गर्दै आयुर्वेद, जडीबुटी चिकित्साको हबको रुपमा उपमहानगरपालिकालाई विकाश गर्ने डा दाहालले बताउनुभयो ।

त्यसैगरी आँखा अस्पतालसँग सहकार्य गरी उपमहानगरपालिकालाई तीन वर्षभित्र मोतिविन्दुरहित नगर घोषणा गर्ने लक्ष्यका साथ अगाडि बढने नीति लिएको बताएको छ । प्रत्यक वडामा आँखा शिविर आयोजना गर्ने र वडामा रहेका आँखाका बिरामीलाई निःशुल्क सेवा दिने स्वास्थ्य शाखाले जनाएको छ ।

‘‘हामीले पहिलो पटक स्वास्थ्य ऐन निर्माण गरी स्वास्थ्य नीति ल्याएका छौंँ, सोहीअनुरुप जनतालाई स्वास्थ्य सेवा दिने छौं’’ डा दाहालले भनुभयो । रासस