२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्री दुर्घटनाबारे छानविन गर्न समिति गठन, प्रतिवेदन बुझाउने तिथिमिति भने तोकिएन



अ+ अ-

दाङ । दाङको राम्रीमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नम्बर ५ दाङका बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

उक्त छानविन समितिका सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही,प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् ।

समिति गठन भएपनि समितिले कहिलेसम्म प्रतिवेदन बुझाउने हो भन्ने तिथिमिति भने तोकिएको छैन।