४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्

४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
अ+ अ-


बेझाड, पाल्पा । कुनै बेला अन्धविश्वास र अशिक्षाका कारण जीवन मरणको पर्वाह नगरी घरमै जोखिमपूर्ण सुत्केरी हुने चलन थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ कमैमा थियो । यस्तो स्थिति रहेको पाल्पा जिल्लामा अहिले भने स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाको दर शतप्रतिशत नजीकै पुगेको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा ९६ प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने गरेको देखाएको छ ।

पहिले धेरै सुत्केरी महिला ज्यान जोखिममा राखेर घरमै शिशुको जन्म दिन बाध्य थिए । स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनुपर्छ भन्ने कोही भेटिँदैन्थ्यो । गत वर्ष स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाको दर ८५ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाको सङ्ख्यामा थप सुधार आएको छ ।
अझैपनि जिल्लाका अति विकट, दुर्गम क्षेत्रमा यदाकदा भने घरमै सुत्केरी हुने चलन विद्यमान छ । तथापि जिल्लामा ९६ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी हुनु उदाहरणीय भएको र अन्य जिल्लाको तुलनामा पाल्पाको अवस्था सुराधोन्मुख रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

घरमै सुत्केरी हुने दर पाल्पामा अझै पनि चार प्रतिशत छ । यसलाई पनि छिट्टै घटाएर निकट भविष्यमै पाल्पालाई ‘शून्य होमडेलिवरी’ जिल्ला भनेर घोषणा गर्ने अभियानमा स्वास्थ्य कार्यालय लागिपरेको छ ।

आव २०७४÷७५ को असार मसान्तसम्ममा पाँच हजार ५३९ जना महिलाले स्वास्थ्य संस्थामै पुगेर शिशु जन्माएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीले भन्नुभयो – “पाल्पामा स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाको दर पछिल्लो समय उल्लेखनीय रुपमा सुधार हुँदै गएको छ । कार्यालयले यसमा विशेष चासो राख्दैआएको छ । जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा सोचेभन्दा छिटो सुधार आएको हो ।”
आर्थिक वर्ष २०७३÷७४ मा लुम्बिनी मेडिकल कलेज प्रभासमा २ हजार ३५९, मिशन अस्पतालमा २ हजार ९३, रामपुर अस्पतालमा २४१, मदनपोखरा स्वास्थ्य चौकीमा ११८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालसमेतमा गरी ५ हजार ३३७ जना महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार २०७१/७२ मा ६ हजार ५०० र २०७२/७३ मा ६ हजार ३०० महिलाले स्वास्थ्य संस्थामै गएर सुत्केरी भएका छन् । गाउँघरमै सुरक्षित सुत्केरी केन्द्र सञ्चालन हुन थालेपछि महिलालाई सेवा लिन सजिलो भएको रामपुरकी लक्ष्मी राना बताउनुहुन्छ ।

“स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा यातायात खर्च बापत रु एक हजार र चार पटक गर्भ परीक्षण गरेको रु चार सय रकम पनि बुझ्न पाइयो, गाउँमा अरु महिला दिदीबहिनीलाई पनि सुत्केरी हुन र गर्भ परीक्षण गर्न सल्लाह दिने गरेको छु” – उहाँले भन्नुभयो ।

स्वास्थ्य स्वयम्सेविका लक्ष्मी भट्टराईका अनुसार शहरोन्मुख क्षेत्रमा राम्रो सुधार आएको छ । दुर्गम र विकट गाउँमा पनि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन भइरहेकाले यसको प्रभाव विस्तारै पर्दैगएको छ । घरघरमा पुगेर गर्भवती महिला र तिनका परिवारलाई सुत्केरीका बेला अपनाउनुपर्ने सावधानी, खानपान, स्वास्थ्य संस्थामा बच्चा जन्माउँदाका फाइदा, पाइने सेवा सुबिधा, नियमित गर्भ जाँच सम्बन्धी जानकारी दिन थालिएपछि स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने भावना अधिकाँश महिलामा जागृत हुँदै गएको अनुभव उहाँको छ ।

पहिलेको तुलनामा पछिल्लो समय गर्भ परीक्षण र सुत्केरी हुने महिलाको अवस्थामा उल्लेख्य सुधार आएको रामपुर अस्पतालका मेसु बिनेश झा बताउनुहुन्छ । नेपालमा औसत ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको तथ्याङ्क छ ।

घरमै सुत्केरी हुँदा महिलामा पछि गएर विभिन्न समस्याहरु देखापर्ने गरेको पाइन्छ । स्वास्थ्य संस्थामा आउन जानको झञ्झट, रुढीवादिता, अन्धविश्वासका कारण कतिपय महिला घरमै सुत्केरी हुने गरेका छन् । अन्तिम अवस्था आइपरेमा मात्र हतारहतार स्वास्थ्य संस्था पु¥याइने गरिन्छ । कतिपय अवस्थामा सुत्केरी आमा र बच्चाले समयमै उपचार नपाएर अकालमै ज्यान समेत गुमाउँछन् । यही कारण हिजोआज भने उनीहरु श्रीमान्, घरपरिवार, आफन्तको साथमा सुत्केरी हुने समय अगावै स्वास्थ्य संस्थामा जाने गरेको पाइन्छ ।

महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहनस्वरुप नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्र्तगत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत रु एक हजार यातायात खर्च र चार पटकसम्म गर्भ परीक्षण गराएको रु चार सय रकम प्रदान गर्दै आइरहेको छ । जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकीमा गरी जिल्लाभर कुल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था छ । जिल्लाको मिशन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँ पनि सुरक्षित सुत्केरी हुने व्यवस्था रहेको छ ।

उमेर नपुगी गर्भवती बन्नु, खानपानमा ध्यान नदिनु, नियमित गर्भ परीक्षण नगर्नु, लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि घरमै राख्न खोज्नु जस्ता कारण आमा र बच्चा दुबैको ज्यान खतरामा पर्न सक्ने भएकाले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुन स्वास्थ्यकर्मीहरु सुझाव दिन्छन् ।

गाउँ गाउँमा स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व र यसका फाइदाबारे सचेत बनाएका कारण पनि वर्षेनी प्रगति राम्रो हुँदै गएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुंगानाको मूल्याङ्कन छ ।

“गाउँमा सुत्केरी हुने दर कमै हुँदै गएको छ, स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका महिला सुत्केरी हुने समय एक–दुई दिन अगावै स्वास्थ्य संस्था नजीकै गएर बस्ने, बेला बेलामा पेटको बच्चाको अवस्थाबारे स्वास्थ्यकर्मीसँग सोधपुछ गर्ने गरेका पाएको छु” –उहाँले भन्नुभयो ।

जिल्लाका केही स्थानीय तहहरु भने सुरक्षित मातृत्व दरलाई बढावा दिदै शून्य होमडेलीवरी अभियानमा जुटेका छन् । माथागढी गाउँपालिका वडा नं ३ कसेनीमा शून्य होमडेलीवरी अभियानको घोषणा भइसकेको छ ।
बगनासकाली गाउँपालिका–२ को पोखराथोक र पूर्वखोला गाउँपालिकाका विभिन्न वडामा पनि निकट भविष्यमा शून्य होमडेरीवरी घोषणा गरिँदैछ । यस्तै, जिल्लाको रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका सबै वडामा अहिले प्रसूति सेवा शुरु भइसकेको छ । विगतमा प्रसूति सेवा सञ्चालनमा नआउँदा यहाँका सुत्केरी महिलाले निकै सास्ती खेप्दै आएका थिए । ग्रामीण भेगमा अझै पनि घरमै सुत्केरी हुने र लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि स्वास्थ्य संस्था नलैजाने प्रवृत्ति कतिपय परिवारमा छ । विशेषगरी जिल्लाका ग्रामीण भेगका केही महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन जान हिच्किचाउने गरेका पाइन्छ । रासस