४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै
अ+ अ-

 

काठमाडौँ । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ ।

सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् ।

केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा जडानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आवश्यक खर्चको जोहो गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । क्यामरा राख्ने कामको गति भने सुस्तरुपमा अगाडि बढिरहेको छ । यद्यपि काम तीव्ररुपमा अघि बढेको प्रहरीको भनाइ छ ।

“उपत्यकाका तीनै जिल्लाका आवश्यक क्षेत्रलाई सिसीबाट निगरानी गर्ने योजना हो, तर एकैचोटी सकिन्न, विस्तारै प्राथमिकताका आधारमा क्यामरा राख्दै जान्छौँ”, थापाले भन्नुभयो, “केही प्रहरीकै स्रोत परिचालन हुन्छ, अन्य स्थानीय तहको समन्वयमा जडान गरिन्छ ।”

महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ ।

विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने कार्यालयका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो । हाल काठमाडौँ उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् ।

“जनघनत्व बढिरहेका बेला उपत्यकामा यति क्यामरा अत्यन्त न्यून हो, त्यही पनि दैनिक बिग्रिने र मर्मत गर्नेक्रम चलिरहेकै हुन्छ, त्यसैले थप क्यामरा आवश्यक हुन्छ हामी त्यसैको प्रक्रियामा छौँ”, प्रवक्ता सिंहले भन्नुभयो ।

थप गर्न लागिएको क्यामरा कस्तो खालको चाहिने, कति जिबीको आवश्यक पर्छ भनेर प्रहरी प्रधान कार्यालयसँग माग गरेको बताउँदै सिंहले त्यहाँबाट इञ्जिनीयरले दिएको सुझावका आधारमा क्यामरा खरीद गरिने जानकारी दिनुभयो । क्यामरा जोड्न स्थान छनोटका लागि गठन भएको समितिले अहिले आवश्यक काम गरिरहेको छ ।

मुख्यतः सिसी क्यामराको निगरानी महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरिरहेको छ । विभिन्न क्षेत्रमा सञ्चार नेटवर्कसँग जोडेर नियन्त्रण कक्षबाट क्यामराको निगरानी हुँदै आएको छ । यसका लागि ७२ वटा कन्ट्रोल रुप भेइकल सिआरभी को समेत प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिनुभयो ।

सिसी क्यामराकै कारण धेरै आपराधिक गतिविधिको निगरानी तथा अपराधमा संलग्न व्यक्ति पक्राउ परेका उदाहरण छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले पत्र आइपुगेकाले क्षेत्र पहिचान गरेर पेश गर्ने तयारी गरिएको बताउनुभयो ।

सवारी दुर्घटना गराएर फरार भएका चालक पक्रन र अदालतमा प्रमाण पेश गर्नसमेत प्रहरीका लागि सिसी क्यामराले ठूलो सहयोग गर्ने गरेको छ । तर आवश्यकमात्रामा क्यामरा नहुँदा भने घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भनाइ छ । रासस