१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काङ्ग्रेसमा एकता नचाहनेहरु परास्त भएका छन् : सभापति देउवा

काङ्ग्रेसमा एकता नचाहनेहरु परास्त भएका छन् : सभापति देउवा
अ अ+ अ-

काठमाडौँ  : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताउनुभएको छ ।

महासमिति बैठकको समापन समारोहलाई अाइतबार यहाँ सम्बोधन गर्दै उहाँले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताउनुभयो । पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै सभापति देउवाले भन्नुभयो, “विधानमा गरिएको समावेशीताअनुसार गाउँगाउँमा पुगेर पार्टीका सदस्यता बढाउनुस्, काङ्ग्रेसलार्ई कसैले हराउन सक्दैन् ।”

वर्तमान सरकार मुलुकमा एकदलीय निरङ्कुशता लाद्न उद्दत रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकार नसच्चिए आन्दोलन गर्ने दिन आउँदैछ, तयार हुनुहोला, एकदलीय निरंकुशता परास्त गर्न सबै एकजुट हुनुपर्छ ।”

सभापति देउवाले काङ्ग्रेसले आफू हारेर पनि देश र प्रजातन्त्र जित्ने गरी विगतमा चुनौतीपूर्ण वातावरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । पार्टीमा अनुशासन कायम गर्न अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने उहाँको भनाइ थियो ।

समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अनेकौँ आशङ्काका बीच महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको र यसले देशभरका कार्यकर्तामा नयाँ उत्साह र एकताको सन्देश गएको बताउनुभयो । काङ्ग्रेसको विधान समावेशीता र अन्य दृष्टिकोणले विश्वमै उत्कृष्ट भएको उहाँको भनाइ थियो ।

पार्टीलाई एक ढिक्का र बलियो बनाउन भावनात्मक सम्बन्ध आवश्यक रहेको बताउँदै उहाँले काङ्ग्रेसले सङ्गठन सुदृढीकरणका लागि भोलिबाटै तालिका बनाएर नयाँ अभियानका साथ गाउँगाउँ जानुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई तिहाइको बहुमतको वर्तमान सरकारले अनुभवको कमी र अपरिपक्वकताका कारण जनहितका काम गर्न नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले सरकारले राज्यका विभिन्न निकायमा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो ।

समारोहमा केन्द्रीय सदस्य सुजाता कोइरालाले महासमिति बैठकको सफलताले पार्टीमा एकताको सन्देश गएको बताउँदै पार्टीको राजनीतिक र आार्थिक नीतिलाई समयानुकूल परिमार्जनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । पार्टीका अग्रज नेताले गरेको बलिदानबाट सबैले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर काङ्ग्रेसका सभापति दुलर्भ थापाले विधान परिमार्जनले पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणको बाटो खुलेको बताउनुभयो । गत मङ्सिर २८ देखि आजसम्म भएको महासमिति बैठकले विधान मस्यौदा, साङ्गठनिक, राजनीतिक, समग्र आर्थिक नीति र आन्तरिक आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

महासमितिको मुख्य एजेण्डाका रुपमा रहेको विधान मस्यौदा प्रतिवेदन पारित भएसँगै काङ्ग्रेसमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ ।

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको विधानमा छ ।

त्यस्तै आठ सहमहामन्त्री र केन्द्रीय सदस्यमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिएको छ । साथै समावेशीताका आधारमा ३३ जना मनोनीत हुने व्यवस्था विधानमा छ ।

यस बाहेक वडादेखि केन्द्रसम्ममा आठ तहका पार्टी संरचना रहने विधानले व्यवस्था गरेको छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी थिए ।

काङ्ग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयन गर्न काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको अवस्थामा यो महासमिति बैठक भएको हो । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकले पारित गरेका प्रतिवेदनको कार्यान्वयनले पार्टीलाई नयाँ ऊर्जा दिने काङ्ग्रेसजनको अपेक्षा छ ।