१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट साढे चार लाखको क्षति



अ+ अ-

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैँले आगो लगाएको आशङ्कामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ ।

 

आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राइले जानकारी दिनुभयो । रासस