६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा फेड अध्यक्षलाई हटाउन चाहेको अमेरिकी सञ्चार माध्यमको भनाइ



अ+ अ-


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक ९फेड० ले बैंकको ब्याजदर बढाएपछि ट्रम्पले यस बिषयबारे जानकार सरकारी अधिकारीसँग राय लिएको अमेरिकी सञ्चारमाध्यम सीएनएन र ब्लुमवर्गद्वारा शनिबार प्रशारण गरिएका समाचारमा जनाइएको छ । फेडले आगामी बर्ष पनि ब्याज बढाउने सङ्केत गरेपछि ट्रम्प बैंकका अध्यक्षसँग क्रुद्ध बनेका समाचारमा बताइएको छ । बैंकले यसै बर्षमात्र तेस्रो पटक ब्याजदर बढाएपछि ट्रम्प बैंकका प्रमुखसँग चिढिनुभएको छ ।

यद्यपि अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभन मनुचिनले ट्रम्पलाई उद्धृत गर्दै पावेललाई हटाउने कुनै योजना नरहेको बताउनुभएको छ ।

“मैले कहिल्यै पावेललाई हटाउन सुझाब मागेको छैन, न त्यसो गर्ने अधिकार ममा रहेको विश्वास नै छ,” मनुचिनले ट्वीटरमार्फत ट्रम्पको प्रतिक्रियालाई उल्लेख गर्नुभयो ।

पावेललाई कार्यकाल पूरा नगरिकन हटाउन खोज्नुलाई अमेरिकी संविधानले स्वतन्त्र अख्तियार दिएको फेडमाथिको प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने र विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका लागि प्रमुख भूमिका खेल्ने शक्तिशाली संस्थाप्रति नकारात्मक सन्देश जानसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् । फेडमाथिको हस्तक्षेपले अन्तराष्ट्रिय स्टक बजारमा समेत अस्थव्यस्तता सिर्जना गर्नसक्छ ।

ट्रम्पको आक्रमक व्यापार नीतिले अमेरिकी डलरलाई विश्वका अन्य मुद्रासँग मजबुत बनाएको र यसले अमेरिकालगायत विश्वव्यापी आर्थिक विकासमा कमी ल्याउने र अर्थबजारलाई कमजोर पार्ने बताउने गरिएको छ ।
गत शुक्रबार वाल स्ट्रिट ९अमेरिकी शेयर० बजारमा तेस्रोपटक प्रत्यक्ष महशुस हुनेगरी गिरावट देखिएको थियो । अमेरिकी शेयर बजारमा गत साता विश्वव्यापी वित्तीय सङ्कटका समय अर्थात् सन् २००८ पछिकै नराम्रो प्रभाब परेको थियो ।

अमेरिकी केन्द्रीय बैंक अध्यक्ष पावेललाई जानेट यलेनको उत्तराधिकारीका रूपमा यसै बर्षको फेब्रुअरीमा चार बर्षका लागि जिम्मेवारी दिनुभएको थियो ।

गत मङ्गलबार ट्रम्पले फेडलाई ब्याज बढाएर ‘अझ अर्को गल्ती’ नगर्न चेतावनी दिनुभएको थियो ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिद्वारा फेडप्रतिको परम्परागत स्वतन्त्रतामाथि वेवास्था गर्दै उक्त संस्थालाई ‘उन्मादी’ र ‘नियन्त्रण बाहिर’ रहेको जनाउँदै यो अमेरिकी अर्थतन्त्रका लागि चीनभन्दा ठूलो खतरा बनेको आरोप लगाउनुभएको थियो ।

सञ्चारमाध्यमहरूले ट्रम्पको पछिल्लो भनाइबारे जानकारी लिन गरेको प्रयासमा फेडका प्रवक्ता तत्काल उपलब्ध भएनन् । रासस