२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा सुनामीबाट मृत्यु हुनेको संख्या २८१ पुग्यो, फेरि सुनामी आउने चेतावनी



अ+ अ-

इन्डोनेसिया।  इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ ।

इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । घटनामा ८४३ जना घाइते भएका र २८ जनाजति अझै बेपत्ता रहेका छन् ।

त्यहाँका सरकारी अधिकारीहरुका अनुसार, आइतबार बिहान आएको आँधीका कारण थप क्षति पुगेको हो । आँधीले सयौँ घर भत्किएका र कैयौँ मानिस घाइते भएका छन् । ज्वालामुखी र आँधीले मच्चाएको बबन्डरका भिडियो सामाजिक संजालमा देखिएका छन् ।

ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । आसपासका तटीय इलाकामा बसोबास गर्ने नागरिकलाई सरकारले अन्यत्रै जान आग्रह गरेको छ । शनिबारको ज्वालामुखी विस्फोटपछि समुन्द्रभित्र गएको पहिरोका कारण सुनामी आएको अधिकारीहरुले बताएका छन् । एजेन्सी