६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा सुनामीबाट मृत्यु हुनेको संख्या २८१ पुग्यो, फेरि सुनामी आउने चेतावनी



अ+ अ-

इन्डोनेसिया।  इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ ।

इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । घटनामा ८४३ जना घाइते भएका र २८ जनाजति अझै बेपत्ता रहेका छन् ।

त्यहाँका सरकारी अधिकारीहरुका अनुसार, आइतबार बिहान आएको आँधीका कारण थप क्षति पुगेको हो । आँधीले सयौँ घर भत्किएका र कैयौँ मानिस घाइते भएका छन् । ज्वालामुखी र आँधीले मच्चाएको बबन्डरका भिडियो सामाजिक संजालमा देखिएका छन् ।

ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । आसपासका तटीय इलाकामा बसोबास गर्ने नागरिकलाई सरकारले अन्यत्रै जान आग्रह गरेको छ । शनिबारको ज्वालामुखी विस्फोटपछि समुन्द्रभित्र गएको पहिरोका कारण सुनामी आएको अधिकारीहरुले बताएका छन् । एजेन्सी