६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी सडक कालोपत्र हुँदै



अ+ अ-

बाँके । बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् ।
रु ६२ करोड १८ लाख ३८ हजार ६६६को लागतमा उक्त हुलाकी सडक निर्माणका लागि २०७३ भदौ महीनामा बोलपत्र आह्वान भएकामा बल्ल निर्माण हुन लागेको हो । त्यस्तै बेलुवा–राजापुर २१ किलोमिटर सडक रु ३० करोड छ लाख ३२ हजारको लागतमा अढाई वर्षमै निर्माण सक्ने गरी टेण्डर आह्वान भएकमा बल्ल काम शुरु भएको छ । निर्माण कम्पनीलाई पर्ने सम्पूर्ण बाधा अड्चन फुकाउँदै तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्नका लागि प्रशासन लागिपरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो । रासस