१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमेश्वरगढीको गुरुयोजना तयार



अ+ अ-


भरतपुर । चितवनको माडीस्थित धार्मिक तथा एतिहासिक क्षेत्र सोमेश्वरगढीको गुरुयोजना तयार भएको छ । माडी नगरपालिकाले सोमेश्वरगढीलाई पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिएको हो ।

दश वर्षीय गुरुयोजना निर्माणको जिम्मा आर एण्ड आर इञ्जिनीयरिङ कन्सल्टेन्सीलाई दिइएको थियो । आइतबार एक कार्यक्रमकाबीच सो कन्सल्टेन्सीका प्रमुख इञ्जिनीयर डा राजन सुवालले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई गुरुयोजना हस्तान्तरण गर्नुभयो । रु ६ लाख ५० हजारको लागतमा निर्माण गरिएको सो गुरुयोजनालाई दुई भागमा विभाजन गरिएको छ ।

तल्लो भागमा सूचना घर, बनभोज स्थल, शालिग्राम उद्यान, लभर्स पार्क, गोलपार्कलगायत निर्माण गरिने छ । हेलिप्याडसहितको गोलपार्कमा नेपालको सबैभन्दा अग्लो झण्डा राखिने पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । माथिल्लो भागमा शिव मन्दिर, सोमेश्वर कालिका मन्दिर र भ्यू टावर निर्माण गरिने छ । भ्यू टावरबाट नेपाल र भारतका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिनेछ ।

“पूर्वाधार निर्माण गरिए पर्यटकको चहलपहल बढ्ने छ,” उहाँले भन्नुभयो, “सोमेश्वरको विकासले समग्र माडीको पर्यटनलाई टेवा पुग्नेछ ।” माडीको पर्यटन विकासका लागि एकीकृत रणनीतिक पर्यटन विकास योजना निर्माण गरिएको छ । सोमेश्वर–गोद्धकनाथ–बैकुण्ठ क्षेत्र–माछापोखरी र शनि मन्दिरलाई जोडेर एकीकृत पर्यटन क्षेत्र निर्माण गरिने पौडेलको भनाइ छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले सोमेश्वरगढीको विकासका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेर सडक निर्माणको काम गरिरहेको बताउनुभयो । “अन्य पर्यटनका गन्तव्य जोडेर माडीलाई पर्यटनको ‘हब’का रुपमा विकास गरिनेछ,” उहाँले भन्नुभयो । गुरुयोजना अनुसार काम सम्पन्न गर्न करीब रु ९० करोड खर्च लाग्नेछ ।

पूर्वाधार क्षेत्र विकास कोषको रु ४१ लाख र पर्यटन मन्त्रालयले रु ५० लाख विनियोजन गरिसकेको प्रमुख ढकालले बताउनुभयो । प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमेश्वर क्षेत्र नजिकै नेपाल–भारतको ४५ नं सीमा स्तम्भ छ । यही पर्वत शृङ्खलामा सोमेश्वरगढी छ । तत्तकालिन पाल्पाका राजा मुकुन्दसेनले अङ्ग्रेजबाट बच्न उक्त गढी निर्माण गरेको बताइन्छ । पर्यटन मन्त्रालयले नेपालका ७० नयाँ गन्तव्यको सूचीमा माडीको सोमेश्वरगढीलाई पनि छनोट गरेको छ । रासस