२७ मंसिर २०८२, शनिबार
,
Latest
विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा लाभग्राही हैरान



अ+ अ-


ललितपुर । कोञ्जेसोम गाउँपालिकाका भूकम्पपीडितले नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा हैरान भएका छन् । दुई फरक कागजातमा भएको विवरण सजिलै सच्याउन नमिल्दा स्थानीयवासीले हैरानी बेहोरिरहेको गाउँपालिकाका प्रवक्ता सुविन्द्र तामाङले बताउनुभयो ।

कतिपय स्थानीयवासीको नागरिकतामा तामाङ हुँदा जग्गाधनी पूर्जामा लामा, गोले, बोम्जनलगायतका तामाङ भित्रका थर छ । नागरिकतामा थर भएका लाभग्राहीको जग्गाधनी पूर्जामा तामाङ छ । त्यो सच्याउनका लागि धेरै निकाय पुग्नुपर्ने बाध्यता रहेको छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहले गरेको सिफारिश सजिलै कार्यान्वयन हुँदा स्थानीयवासीलाई सजिलो हुन्थ्यो ।” कतिपय स्थानीयवासीको नागरिकतामा र जग्गाधनी पूर्जामा बीचको नाम ९बहादुर, कुमार, मानलगायत० छुट्दा पनि लाभग्राहीले हैरानी भोगिरहेका छन् ।

भूकम्पपीडितका लागि सरकारले व्यवस्था गरेको अनुदानका लागि स्थानीयवासी धेरै निकायमा धाउनु परिरहेको छ । पुनःनिर्माण प्राधिकरणले स्थानीय तहको बैंकमा पैसा पठाउँदा सहजरुपमा सेवा पाउने उहाँले बताउनुभयो ।

अहिले प्राधिकरणका जिल्लास्थित कार्यालय र बैंकले स्थानीय तहको सिफारिश कार्यान्वयन नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लाभग्राहीलाई सुविधा दिनका लागि कि त स्थानीय तहको खातामा पैसा पठाउनुपर्छ कि हाम्रो सिफारिश सजिलै कार्यान्वयन हुनुपर्छ ।” रासस