६ आश्विन २०८१, आईतवार
,
Latest
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्री खनालसँगै देखिए कुख्यात डाका, स्थानीय त्रसित



अ+ अ-

तौलिहवा । कृषिमन्त्री चक्रपाणि खनालले प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेललाई डाँका मुद्धामा फरार अभियुक्तलाई एउटै मञ्चमा राखेको स्रोतले खुलासा गरेको छ ।

आठ वटा हत्या, डकैती, अपहरण लगायतका मुद्दामा फरार रहेका नसिम खानसँगै कृषिमन्त्री खनाल र पोखरेलसँगै बसेर पुस ३ गते कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित कवि सम्मेलनमा सहभागिता जनाएका हुन् ।

अपराधिलाई देखेपछि पुलिसलाई खबर गर्नुको सट्टामा मन्त्री खनाल र प्रजिअ पोखरेल एउटै मञ्चमा अपराधिसँगै बसेपछि स्थानीय सर्वसाधारणमा त्रसित भएका हुन् ।

प्रहरीको फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डांका मुद्दा दर्ता गरेको छ । भने एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विचाराधीन छन् । एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा परेको छ ।