१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन दिएको हो ।

समिति सभापति निरुदेवी पालले विद्यमान लैङ्गिक नीति, महिलासम्बन्धी पुराना नीति तथा कानून सङ्घीय व्यवस्थामैत्री बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आयोगलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

समितिले महिला आयोग ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको र हालसम्म नियमावली बन्न नसकेको अवस्थामा उक्त नियमावली जतिसक्दो चाँडो बनाएर कार्यान्वयनमा ल्याउन पनि मन्त्रालय र आयोगलाई निर्देशन गरेको छ । समितिले यसै आर्थिक वर्षभित्र सबै प्रदेशमा कार्यालय खोल्ने व्यवस्था मिलाउन पनि आयोगलाई निर्देशन दिएको छ ।

समितिका सदस्य लक्ष्मी परियार, गङ्गा चौधरी र हीरा गुरुङले मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गर्नका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना फैलाउन पर्नेमा जोड दिनुभयो । सोही अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको समग्र काम कारवाहीबारे जानकारी गराउनुभयो । रासस