१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना



अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेलमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लालाई कार्यक्षेत्र बनाइ नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ ।

उक्त कार्यालयले खाद्य भण्डार, खाद्य उद्योग र होटलमा अनुगमन तथा निरीक्षण गर्ने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा खाद्यान्न शङ्कास्पद भए नमूना सङ्कलन गरेर परीक्षण गरी कारवाहीका लागि सिफारिश गर्छौं ।” खाद्य ऐन २०२३ मा गुणस्तरहीन देखिएमा रू ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै जरिवाना गर्न सकिने व्यवस्था छ ।

तीनवटै जिल्लामा रहेका होटलको खाद्य स्वच्छताका आधारमा वर्गीकरण गरी स्तरीकरण गर्ने र स्टिकर टाँस्ने, विद्यालयस्तरमा स्वच्छता र परीक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहको वडास्तरमा स्वच्छता समूह गठन गरी समूहमार्फत अनुगमन निरीक्षण गर्ने र स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सरोकारवाला सहितसंयुक्तरुपमा बजार अनुगमन निरीक्षण गर्ने डिभिजन कार्यालयको उद्देश्य रहेको निरीक्षक भण्डारीले बताउनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाद्य पदार्थमा मिसावट बढ्दै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा यस्ता कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीयस्तर खाद्य प्रयोगशाला तथा काठमाडौँमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ । रासस