२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य डिपोमा चामलको घटेन



अ+ अ-


जाजरकोट । बारेकोट गाउँपालिका– ९ का गोविन्द पुनः चामलका लागि नायकवाडाको घाट डिपोमा पुग्नुभयो । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले रु ५६ पर्ने जनाएकाले उहाँ स्थानीय बजारतर्फ लाग्नुभयो ।

स्थानीय बजारबाट प्रतिकेजी रु ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताउनुभयो ।

अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको सङ्ख्या ठूलो भए पनि महङ्गो परेकाले बिक्री हुन सकेको छैन । चामलको मूल्य घटे पनि दुर्गम गाउँमा पुरानै मूल्यमा चामल बिक्री गर्न खोज्दा बिक्री हुन नसकेको हो
बजारमा पाइने मोटो चामल प्रतिकेजी रु ५४ मा बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलब्ध गराउँदै आएको चामल बजारकोभन्दा महङ्गो हुनाले समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । घाट डिपोमा मात्र १५० क्विन्टल चामल थन्किएको छ ।

मूल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिनभित्र समायोजन गरिने बताउनुभयो । दुर्गमका बासिन्दालाई मूल्य घटेको थाहा नहुने भएकाले डिपोले मनपरी गरेको स्थानीय बुद्धिजीवी नीमबहादुर सिंहले बताउनुभयो ।

त्यस्तै सदरमुकाममा पनि जापानबाट ल्याइएको चामल महङ्गो भएकाले बिक्री हुन सकेको छैन भने चौखा डिपोमा चामल नै पठाइएको छैन । रासस