६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख मालपोत अधिकृत सहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत सहित १३ जना कर्मचारी र तीन जना अन्य व्यक्ति विरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुसँग कूल ६० करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार प्रमुख मालपोत अधिकृत कमल प्रसाद तिमल्सिना समेतका कर्मचारी बुढानीलकण्ठ नगरपालिकामा रहेको २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट खरिद बिक्री गर्ने काममा संलग्न रहेको पाइएको छ ।

‘कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याई सच्याउन लगाई नागरिकको निजी सम्पत्ती उपभोग गर्ने हक र राज्यले आफ्ना नागरिकको हक अधिकारसंग सम्बन्धित सरकारी प्रमाण कागजात सुरक्षित राख्नुपर्ने दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्‍याउने बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले’ आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

मालपोतकै कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले अन्य कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरी नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री र खरीद गरेको देखिएको अख्तियारले जनाएको छ ।

यसरी भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा मालपोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्ठ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतम रहेका छन् ।

अख्तियारले कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालमान सिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमसँग जनही ६ करोड विगो माग दावी गरेको छ ।

अख्तियारले उक्त घटनामा अर्थ कवच वचत तथा ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापा र सानिमा विकास बैंक ललितपुर एकान्तकुना शाखाका ट्रेलर सनिश सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरी जनही ६ करोड रुपैयाँ विगो दावी गरेको छ ।