२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरको ‘डम्पिङ साइट’ बन्यो सिंहदरबार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्।
अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्।

सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी छन्। वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन्। प्राडो, पजेरो, निशान शन्नी, फोर्ड, टक्सनजस्ता ब्रान्डेड कम्पनीका थोत्रा गाडी सिंहदरबारभित्र छन्।

न कसैले बनाएर चलाउँछ, न त्यहाँबाट अन्यत्र हटाउँछ। जताततै यस्ता थोत्रा गाडी मिल्किएको देख्दा लाग्छ–सिंहदरबार थोत्रा गाडीहरूको डम्पिङ साइट हो।

मोटरबाइक र साइकलहरू पनि प्रशस्तै छन्। रेडियो नेपाल परिसरमा २०्२५ वटा थोत्रा र बिग्रिएका साइकल र मोटरसाइकल लडाएर राखिएका छन्।

पुनर्निर्माण प्राधिकरणको कार्यालय, सिंहदरबार। प्राधिकरण अघिल्तिरको पार्किङमा बिग्रिएका थोत्रा गाडी थुप्रै छन्। वर्षौंदेखि नचलेका जस्ता देखिने यी गाडी पार्किङमा मिलाएर राखिएका छन्।

सिंहदरबारभित्रका खाली जग्गामा सयौं संख्यामा बिग्रिएका गाडी छन्। प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी घिमिरे पुराना गाडी लिलाम गर्दा सरकारलाई खासै फाइदा नहुने बताउँछन्।

पुराना गाडी व्यवस्थापन गर्ने काम अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘पुराना गाडी पहिलेको तुलनामा अहिले घटेको छ। त्यसको व्यवस्थापनको काम भइरहेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।