२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने’



अ+ अ-


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेशमा राससको आफ्नै कार्यालय भवन निर्माण गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागि रासससँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

सरकारी सञ्चारमाध्यम र राससको समयानुकूल विकास गर्न कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिने मुख्यमन्त्री शाहीले बताउनुभयो । “पत्रकारितामा धतुरो छर्ने तर बास्मती चामलको कल्पना गर्ने होइन, समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार वा काममा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कर्णाली स्वर्ग हो र यहाँ नजाँदा जीवन अधुरो हुन्छ भन्ने कुरा बुझाउन तथा यहाँको समृद्धिका लागि सञ्चारमाध्यम लागिपर्नुपर्ने आवश्यक रहेको शाहीले बताउनुभयो ।

प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका पत्रकार गरी ४४ जना सहभागी थिए । रासस