७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा
अ+ अ-

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा संगै अगाडि बढ्नेगरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकत्ता छैन् । अब सबैजना बृद्धिजिवी, वामपन्थी, देशभक्त एकैठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भनेमात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आंतक मच्चाएको झै नेपालमा पनि आतंक मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाई दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’  

देशभक्तवादी दुई पार्टीबीच एमसीसीको विरुद्ध र देशका समयसामयिक विषयको लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए । अध्यक्ष बुढाथोकीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयमा उनले मंसिर ४ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभाको आयोजना सम्पन्न भएको पनि जानकारी गराए । त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आईपुेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताकोतस्तै रहेको बताए ।

अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो । सामन्त दलाल, भ्रष्टाचारी, तस्करहरुलाई मात्र परिर्वतनको महसुस गरेको उनले आरोप लगाए । ‘दलालहरुसँग उनीहरुको साँठगाँठ भईरहेको छ, पैसा कुम्लाएका छन्, आउँदो चुनावको निम्ति नेताहरुले पैसा जम्मा गरिराखेका छन् ।’–उनले अघि भने,‘जनतामा आधारभुत तहमा कुनै पनि परिर्वतन भएको छैन् र संसदीय व्यवस्था असफल भएको छ । देशलाई कर्पोरेटहरुले संचालन गरिरहेका छन् ।’

कार्यक्रम संचालन गर्दै माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले हामी राष्ट्रवादीहरुको बीचमा कार्यगत घोषणा गर्न लागेको बताए । नेपाली जनताहरुको अवस्था अझैपनि जस्ताकोतस्तै रहेको भन्दै उनले अहिलेको व्यवस्था असफल भैसकेको बताए । अब देश बचाउन युवाहरु अब अगाडि बढ्नुपर्ने उनले धारणा राखे । युवाहरुले नेपालको व्याख्या विश्लेषण गरेमा भ्रष्टाचारी नेताहरुलाई नङ्ग्याउन सक्ने उनको भनाई थियो । उनले यो देश युवाहरुको हो भन्दै देश बनाउने जिम्मा युवाहरुकै भएको पनि सुनाए । 
उनले भने,‘देश बनाउने हो भने युवा तपाईहरु अगाडी बढ्नुस । हाम्रो साथ तपाईहरुलाई छ ।’ उनले आफ्ना साथीहरु धेरै सहिद भएको स्मरण गराउदै जनताको मुख देखाउन लाज लागेको उनको भनाई थियो । 

उनले भने,‘जनताहरुलाई दिएको विभिन्न आश्वासन केही पुरा गर्न सकेनौ लाज लागेको छ ।’ अहिलेको व्यवस्था ४५ लाखलाई मात्र भएको भन्दै ३ करोड जनताको लागि नभएको उनले आरोप लगाए । यो व्यवस्था नेपाली नागरिकको लागि सुहाउँदो नभएको उनले धारणा राखे ।  त्यस्तै, जन समाजवादीका सचिवालय सदस्य बाबुराम गजमेर प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।
माओवादी केन्द्र समाजवादीका सचिव मेघराज खत्रीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि हालको व्यवस्था ठीक नभएको र र वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको जिकिर गरे । सबै मिलेर दलाल, राष्ट्रघाती र भ्रष्टाचारीलाई बढार्नुपर्ने उनको भनाई थियो ।