४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आकर्षणको केन्द्र बन्दै सिन्धुलीगढी

आकर्षणको केन्द्र बन्दै सिन्धुलीगढी
अ+ अ-

काठमाडौँ । नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित सिन्धुलीगढीमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खालसमेत निर्माण गरिएको थियो ।

नेपालकै अत्यन्त महत्वपूर्ण मानिएको यो एतिहासिक गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्न कमलामाई नगरपालिकाले ‘सिन्धुलीगढी निर्माण गुरुयोजना’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । आगामी तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ गुरुयोजना कार्यान्वयनमा ल्याएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताउनुभयो । उक्त गुरुयोजना कार्यान्वयन गर्नका लागि रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

“प्राकृतिक, एतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण हुदा“हुदै पनि यो क्षेत्र पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्न सकेको छैन्”, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वारिका काफ्लेले भन्नुभयो, “यस क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना निर्माण भइसकेको छ । अब सोच्ने बेला होइन, त्यसको कार्यान्वयनमा अघि बढनु पर्दछ, यसका लागि प्रदेश सरकार, नगरपालिका, निजी क्षेत्र र नागरिक समाजका अगुवाहरुको साझा प्रतिवद्धता र सहकार्य आवश्यक छ ।”

पर्यावरणीय विविधताले भरिपूर्ण यो क्षेत्रको दिगो आर्थिक बिकासका लागि पर्यटनलाई मुख्य आधार मानेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । गढी पुगेका पर्यटकका लागि तस्बीर खिच्ने ठाउँको उचित व्यवस्थापन, विश्रामस्थल निर्माण र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने आवश्यकता पनि त्यतिकै जरुरी छ । सानो तथा ठूलो दुबै गढीको उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके यो ठाउँ पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्न सकिने धारणा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन भट्टराईको छ ।

नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा त्यहाँ हरेक वर्ष विजय दिवस मनाउने गरिन्छ ।

सिन्धुलीगढीका लडाइँमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाइँमा भाग लिएको स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास रहेको नेपाल उद्योग वाणिज्य सङ्घ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र वैदारले बताउनुभयो ।

विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । अङ्ग्रेज फौजसँगको लडाइँ असोजमा भएपनि लडाइँ सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिन्छ ।

शिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको इतिहास रहेको अध्यक्ष वैदारले जानकारी दिनुभयो ।

नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा सेना काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको इतिहास छ ।

उक्त ऐतिहासिक लडाइँबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाइँमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेका थिए ।

गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाइँ’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।

हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको थियो । सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुने गरेको छ । वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन् ।

गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नुका साथै विभिन्न महत्वपूर्ण मठमन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ ।

नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिनुभयो ।

प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो गढीमा आउने पर्यटकलाई स्थानीयवासीले सुन्ताला र जुनारको जुस, मकैको रोटी, टिमुरको अचार, सिस्नोका परिकारजस्ता परिकारबाट स्वागत गर्ने गर्छन् ।

काठमाडौँ, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै यहाँ पुग्ने भएपछि यतिखेर गढी आउने पर्यटक बढेका हुन् । अग्लो पहाड र हरियाली बन जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ भने त्यहाँ पुग्ने पर्यटक अत्यन्त रमाउने गरेका छन् ।

“पर्यटनको विकास र विस्तार वाट नै आर्थिक रुपान्तरण गर्न सफल भएको छिमेकी मुलुक भारतका दार्जलि¨, गोवा र सिक्किमवाट पनि हामीले धेरै सिक्नुपर्दछ, त्यस्तै भुटान, तिब्बत, थाइल्याण्डले गरेको पर्यटकीय आर्थिक क्रान्ति नै हाम्रा लागि उदाहरण हुन सकिन्छ”, स्थानीयवासी राजकुमार कार्कीले भन्नुभयो ।

पर्यटन उद्योगको विकासका लागि सबैभन्दा ठूलो नजिकको बजार भारत हुन सक्दछ, भारतीय पर्यटकलाई मात्र भित्रियाउन सकियो भने यहाँको आर्थिक समृद्धि हासिल गर्नका लागि एक दशक पनि कुर्नु पर्दैन । रासस