३० असार २०८३, मंगलवार
,
Latest
बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स कतार भ्रमणअघि उपराष्ट्रपति यादवले राष्ट्रपतिसँग गरे भेट विद्युतीय राहदानी खरिद प्रकरणः अदालतमा विचाराधीन मुद्दामा संसदीय समितिमा बहस सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद… सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर… नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच सरकारले करार र ज्यालादारी कर्मचारीले हटाउने काम नगरोस्ः आरेन राई प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समान कामको समान ज्याला प्रत्याभूत गरिने



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल चलचित्र प्राविधिक सङ्घको वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीमा तलब सुविधाको कुनै विभेद नभएको प्रष्ट्याउनुभयो ।

सरकारले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने गरी न्यूनतम् बेतन तोकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुन्छ, चलचित्र क्षेत्रका श्रमिकले पनि सोहीअनुसारको पारिश्रमिक पाउनुपर्छ ।”

श्रमिकको जीवनयापनलाई सहज बनाउन र निर्धक्कसँग काम गर्ने वातावरण निर्माण गर्न केही समयअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको दोहो¥याउँदै मन्त्री विष्टले बहुआयामिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रमा कार्यरत कलाकार, प्राविधिकलगायतले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ ।” चलचित्र क्षेत्रमा कार्यरत प्राविधिकको साझा संस्थाका रुपमा विसं २०५६ सालमा सङ्घको स्थापना भएको थियो ।