१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टी बिना नै रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्स एटलान्टासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टसले एटलान्टाको घरेलु मैदानमा २–२ गोलको बराबरी खेलेको हो ।

खेलको दोस्रो मिनेटमा नै एटलान्टाका बेराट ड्जिमसिटीको आत्मघाती गोल गर्दा युभेन्टसले १–० को सुरुवाती अग्रता कायम गरेको थियो । तर, सुरुवाती अग्रताको खुसि मनाउन नपाउदै खेलको १८ औं मिनेटमा जापटाले गोल फर्ककाउदै एटलान्टालाई १–१ को स्थितिमा पुर्‍याएका थिए ।

खेलको ५६ औं मिनेटमा जापटाले ब्यकिेतगत २ गोल गर्दै एटलान्टालाई २–१ गोलको अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा स्टार खेलाडि रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २–२ गोलको बराबरी रोकेका थिए ।

बराबरी खेलेसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले १८ खेलबाट ५० अंक बनाएको छ ।