१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानैदेखि लमजुङको सुन्दरबजार क्षेत्रमा कर्फ्यू



अ+ अ-

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ।

सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको मृत्युपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको हो।

आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ। 

मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममाः श्रेष्ठको मृत्यु भएको थियो।

छात्रको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सुन्दरबजार नगरपालिका ७ पूर्वदक्षिणमा रहेको पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मुलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार ९ मा रहेको सिउडीबार चोकसमेत चार किल्ला भित्रको क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको सूचनामा जनाइएको छ ।