१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यालससँग एपीएफ बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबसँग विभागीय टोली एपीएफ क्लब बराबरीमा रोकिएको छ ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एपीएफलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको ३० औं मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको च्यासलले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५४औं मिनेटमा श्यामकुमार नेपालीले गोल गर्दै एपीएफ क्लबलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

बराबीसँगै एपीएफको ११ खेलबाट १७ अंक भएको छ । च्यासलको ११ खेलबाट १५ अंक भएको छ ।