१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पढ्न गएकी एक नेपाली विद्यार्थी मृत फेला



अ+ अ-

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत फेला परेकी छिन्।

अष्ट्रेलिया पढ्न गएकि नेपाली विद्यार्थी  स्मृति आलेमगर अचेत अवस्थामा सिड्नीको ब्याड्क्सटाउन क्षेत्रमा  भेटिएको थियो । अचेत अबस्था मै उनलाई नजिकको अस्पताल पुर्‍याउँदा डाक्टरहरुले मृत घोषणा गरेका थिए।

सिड्नीको प्रहरीले आलेमगरको मृत्यु हो कि ? आत्महत्या हो ? भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

आलेमगरको शव नेपालमा रहेको उनको परिवारलाइ पठाउन स्थानीय संघ संस्थाले पहल सुरू गरेका छन्।